गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश अस्पताल

पुतलीबजार,स्याङ्जा

Nepal Flag
२०८३ जेठ २२ गते

हाम्रो बारेमा

 

       गण्डकी प्रदेश स्याङ्जा जिल्ला पुतलीबजार न.पा. ३ कुमाल गाउँमा अवस्थित प्रदेश अस्पताल पुतलीबजार , स्याङ्गजा गण्डकी  प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक सार्बजनिक स्वास्थ्य सेवा प्रदायक संस्था हो। यो अस्पताल गर्हौ प्राथमिक अस्पताल वालिङ तथा अन्य स्वास्थ्य चौकीहरुको रेफरल अस्पतालको रुपमा पनि रहेको छ।  साथै विभिन्न छिमेकी जिल्लाका नागरिक पनि अस्पतालबाट सेवा प्राप्त गर्दै आउनुभएको  छ । २३.०७ रोपनी क्षेत्रफलमा फैलिएको प्रदेश अस्पताल पुतलीबजार स्याङ्गजाले विशेषगरी  स्थानीय समुदायका सेवाग्राहीहरुलाई न्यून शुल्कमा सर्वसुलभ एवम गुणस्तरीय उपचारात्मक, प्रतिकरात्मक र प्रवर्द्धनात्मक सेवा प्रदान गर्दै आईरहेको छ। गुणस्तरीय सेवा प्रवाहका कारण जिल्लाको प्रमुख तथा जिम्मेवार स्वास्थ्य संस्थाको रुपमा कार्यरत जिल्ला भरका सम्पुर्ण स्वास्थ्य संस्थाको प्रेषण केन्द्रको रुपमा समेत कार्य गर्दै आएको छ।