क. परिचय
गण्डकी प्रदेश स्याङ्जा जिल्ला पुतलीबजार न.पा. ३ कुमाल गाउँमा अवस्थित प्रदेश अस्पताल पुतलीबजार स्याङ्गजा . गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक सार्बजनिक स्वास्थ्य सेवा प्रदायक संस्था हो।यो अस्पताल गर्हौ प्राथमिक अस्पताल वालिङ तथा अन्य स्वास्थ्य चौकीहरुको रेफरल अस्पतालको रुपमा पनि रहेको छ। २३.०७ रोपनी क्षेत्रफलमा फैलिएको प्रदेश अस्पताल स्याङ्गजाले बिषेशत: स्थानीय समुदायका सेवाग्राहीहरुलाई न्यून शुल्कमा सर्वसुलभ एवम गुणस्तरीय उपचारात्मक, प्रतिकरात्मक र प्रवर्द्धनात्मक सेवा प्रदान गर्दै आईरहेको छ। गुणस्तरीय सेवा प्रवाहका कारण जिल्लाको प्रमुख तथा जिम्मेवार स्वास्थ्य संस्थाको रुपमा रही जिल्लाभरका सम्पुर्ण स्वास्थ्य संस्थाको प्रेषण केन्द्रको रुपमा समेत कार्य गर्दै आइरहेको छ ।
प्रदेश सदरमुकाम पोखराबाट करिव ३३ किलोमीटर पश्चिममा अबस्थित प्रदेश अस्पताल पुतलीबजार स्याङ्गजा सिद्धार्थ राजमार्गबाट करिब १ किलोमीटर भित्र पर्दछ ।
ख. प्रदेश अस्पताल पुतलीबजार स्याङ्गजा को बिकासक्रम
यस अस्पताल २०५७ सालमा स्थापना हुनु भन्दा अगाडी स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको थियो। वि.सं.२०५७ सालमा जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जा अन्तर्गत रहने गरि १५ शैयाको जिल्ला अस्पताल स्याङ्जा स्वीकृती प्राप्त भए पनि जनशक्ती तथा भैतिक संरचनाको अभावको कारणले १५ वेड सहित अन्तरङ्ग विभाग स्थापना गरी जिल्ला अस्पताल स्याङ्जामा रुपान्तरण भई प्रसुती सेवा समेत आरम्भ भएको थियो वि.सं.२०६१।०५।२० को स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार आफ्नै श्रोत साधनमा १० शैया थप गरी स्वीकृत २५ वेडमा सञ्चालनमा रहेकोमा २०७४ सालदेखि गण्डकी प्रदेश सरकार अन्तर्गत जिल्ला अस्पताल स्याङ्जाको रुपमा रहि डायलाइसिस सेवा, नवजात शिशु उपचार सेवा, PICU, Geriatric Ward वार्ड, सामाजिक सेवा इकाई जस्ता सेवा थप गरि हाल ५६ शैयाको सेवा सहित स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश मातहत सञ्चालनमा छ।
ग. प्रदेश अस्पताल पुतलीबजार स्याङ्जाका प्राथमिकता तथा लक्ष्यहरु
दीर्घकालिन सोच: स्वस्थ्य, उत्पादनशिल, जिम्मेवार र सुखी नागरिक निर्माणमा सघाउ पुर्याउदै अस्पताललाई जिल्लाकै आम नागरिकको भरोसाको केन्द्रका रुपमा स्तरोन्नती गर्ने।
लक्ष्य: सवल स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै जनस्तरमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने।
उद्देश्यहरू:
· उपलब्ध स्रोत तथा साधनको अधिकतम उपयोग गरी स्वास्थ्य सेवाहरुको विकास र विस्तार गर्ने ।
· सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागी अस्पतालको उत्तरदायित्व र प्रभावकारिता अभिवृद्धि गर्दै स्वास्थ्य क्षेत्रलाई जनउपयोगी तथा सेवामुलक क्षेत्रको रुपमा क्रमश: रुपान्तरण गर्ने।
· स्वास्थ्य सेवामा पहुँच तथा उपभोग बढाई सेवा प्रदायक र सेवाग्राहीलाई थप जिम्मेवार बनाउदै स्वस्थ जिवनशैली प्रवर्द्धन गर्ने।
· गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरी स्वास्थ्य क्षेत्रमा सरकारले लिएका अठोट एवं दिगो विकासका लक्ष्य प्राप्त गर्न सरकारलाई सघाउ पुर्याउने।
प्राथमिकताका आधारहरु:
१. लक्षित वर्ग सहायता कार्यक्रमहरु
२. अस्पतालका सेवा व्यवस्थापन गर्ने
३. प्राविधिक तथा अप्राविधिक जनशक्तिको विकास विस्तार गर्ने
४. भैतिक निर्माण सुधार गर्ने
५. जनाअकांक्षा अनुरुप सेवा प्रवाह गर्ने
६. सरसफाई व्यवस्थापनमा विशेष जोड दिने
७. सुरक्षा व्यवस्थापन गर्ने
८. अस्पतालको स्वास्थ्य अभियानमुलक कार्यक्रमहरु संचालन गर्ने आदि
घ. मुलभुत मान्यता
· ईमान्दारीता
· जवाफदेहिता/उत्तरदायी
· बिरामीप्रति नरम र शिष्ट व्यबहार, सम्मान, सेवाभाव
· पारदर्शिता
· समुह कार्य
ङ. अस्पतालको भैतिक पुर्वाधार
अन्तरंग तर्फ
|
General Ward |
Maternity Ward |
Operation Theatre |
PICU |
GERIATIRC WARD |
|
Matron Room, Nursing Station |
ANC Room |
Preoperative Room |
Ward |
WARD |
|
SNCU, Geriatic, Male, Ward, Female Ward |
Safe Abortion Counceling & Service Room |
Major OT-1 |
|
|
|
CSSD |
|
Minor OT-1 |
|
|
|
House keeping Room |
Labour Room |
Anaesthesia and counselling Room |
Nursing Station |
Nursing Station |
|
Nursing changing Room |
Post natal ward |
Post operative ward |
|
|
|
Store Room |
|
CSSD |
|
|
बहिरंग सेवा तर्फ
- जनरल OPD
- हाडजोर्नी तथा नशारोग OPD
- स्त्री तथा प्रसुतीरोग OPD
- बालरोग OPD
- डेन्टल OPD
- Dressing /USG/ECG
- OCMC Unit
- Hemodialysis Unit
- Health Insurance and social service unit
- Pharmacy & Billing Counter
- Physiotherapy Service
सोधपुछ तथा काउन्टर
ईमरजेन्सीतर्फ
· २४ घण्टा इमरजेन्सी सेवा
प्रशासन तर्फ
· प्रशासन कोठा संख्या: ४ (अध्यक्ष र मे. सु. च्याम्बर, लेखा, रेकर्डस, प्रशासन, अस्पताल व्यवस्थापक कक्ष)
· स्वास्थ्य बिमा रकम दावी कक्ष
· स्टोर फाट
मर्मत तथा सम्भार
· बायोमेडिकल ल्याब शाखा
ब्लड बैंक सेवा
मर्चरी च्याम्बर सहितको पोष्टमार्टम सेवा
आवासीय स्थिति
· चिकित्सक आवास ४
· नर्सिङ्ग आवास संख्या ८